ताजा अपडेटः

संचारकर्मी महिलाका लागी बुटवलमा स्व हेरचाह सम्बन्धी अभिमुखीकरण

संचारकर्मी महिलाका लागी बुटवलमा स्व हेरचाह सम्बन्धी अभिमुखीकरण प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार २२:०४

उर्मिला यादव यात्री

बुटवल, भदौ ५ ।संचारकर्मी महिलाका लागी एकदिने स्व हेरचाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । संंंचारिका समुह नेपाल रुपन्देहीको आयोजना तथा समृद्धि हेयर ड्रेसिंग सलुन एण्ड एकेडेमी बुटवलको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समृद्धि हेयर ड्रेसीङ सलुन एण्ड एकेडेमी बुटवलका प्रमुख मोहन ठाकुरले कार्यक्रमको सहजीकरण गर्दै फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिलाहरूलाई कपालले धेरै प्रभाव पार्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने बताउनु भएको छ । उहाले व्यस्त जीवनशैली र सस्तोको पछाडि लाग्दा कपालको अवस्था नै बिग्रने भएकोले गुणस्तरीय सामाग्रीको प्रयोग गर्न आग्रह गर्नु भएको छ । कपालले मानिसलाई सुन्दर र आकर्षक बनाउनको लागि निकै महत्व राख्ने भएकोले यसको हेरचाहमा ध्यान दिनुपर्ने बताउँदै उहाले कपाललाई प्रोटिन प्रदान गर्ने सामाग्री प्रयोग गर्दै समय समयमा काटछाट गर्नुपर्ने बताउनु भयो ।
ठाकुरले कपालको सुरक्षाका लागि अपनाउनु पर्ने कुराहरुको बारेमा जानकारी दिदै कपालको स्याहार गर्दै आफुलाई समय अनुुकुल सुहाउने डिजाईन कसरी गर्ने सो बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चारीका समूह लुम्बिनी प्रदेशका अध्यक्ष तथा रुपन्देही सल्लाहकार अमृता अनमोलले फ्रन्ट लाइनमा खटिने पत्रकार महिलाले हरेक क्षेत्र तथा ठाउमा एकै दिनमा पुग्नु पर्ने भएकोले समय र परिबेश अनुसार आफनो पहिरन र कपालको डिजाइनमा ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले समय अनुसार कपालको हेरचाह र फेसन आवश्यक भएकोले आफूलाई त्यही अनुसार परिवर्तन गर्दै जानुपर्ने जोड दिनु भयो ।

उहाले पर्दा पछाडि बसेर काम गर्ने पत्रकार महिलाहरूलाई पनि पर्दा अगाडि आउने जस्तै बनाएर आत्मबल बढ्ने गरी काम गर्न आग्रह गर्नु भएको छ ।
संंंचारिका समुह नेपाल रुपन्देहीका अध्यक्ष निरा गौतम निरुले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै संचार क्षेत्रमा खटिने पत्रकार महिलाहरु आफनो कर्ममा नै ब्यस्त रहने हुदा आफनो हेरचाहमा ध्यान दिन नपाएको बताउनु भएको छ ।
उहाले पत्रकार महिलाले अरुको बिषय उठाइरहदा आफनो स्व हेरचाह कत्तिको गरेका छौ त , आफनो लागी कत्ति समय दिएका छौ सो बारे मनन गर्नुपर्ने बताउनु भयो । उहाले संचारिका सुमहले पत्रकार महिलाहरुको क्षमता अभिबृद्धि गर्नुका साथै आगामी दिनमा पनि स्व हेरचाह सम्बन्धी छलफल गर्ने बताउनु भएको छ ।
उहाले बदलिदो समय अनुसार आफुलाई परिर्वतन गर्नुपर्ने बताउदै समयअनुकुल अपडेट हुनुपर्नेमा जोड दिनु भयो ।
सञ्चारीका समूह नेपाल रुपन्देहीका अध्यक्ष निरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवम सञ्चारीका समूह रुपन्देही सचिव पूजा पन्थीले आफनो भनाइ राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन समुहको महासचिव अस्मिना पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा समृद्धि हेयर ड्रेसिङ सलोन एन्ड एकेडेमीका मणिग्राम शाखा सञ्चालक अनिल अर्याल, कपिलवस्तु जितपुर शाखा सञ्चालक सन्ध्या पाण्डे लगायत संचारिका समुह रुपन्देहीमा आबद्ध ३५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।



Ads