ताजा अपडेटः

नवलपरासी फाेटाेग्राफर संघद्वारा सुनवल चाैराहामा रक्तदान कार्यक्रम

नवलपरासी फाेटाेग्राफर संघद्वारा सुनवल चाैराहामा रक्तदान कार्यक्रम प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार २२:००

कल्पना खरेल,नवलपरासी । “श्रम र सीपकाे सदुपयोग गराै” भन्ने नारा सहित नवलपरासी फाेटाेग्राफर संघकाे आयाेजनामा आज मंगलबार सुनवल चाैराहामा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
नवलपरासी फाेटाेग्राफर संघले आफ्नाे ४ ओै स्थापना दिवसकाे अवसर पारि सााजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस साेसाइटी, सुनवल शाखा सगँ समन्वय गरि उक्त रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
रक्तदान नै जीवनदान हाे भन्ने लक्ष्यलाई आत्मसात गर्द‌ै रगत आवश्यकता पर्दा सहज रूपमा परिपूर्ति गर्ने सकियोस् भन्ने उदेश्य सहित  रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे जिल्लाका  कार्यक्रम संयाेजक सुरज चालिसेले बताएका छन् ।
३-३ महिनामा खेर जाने रगतलाई वर्षकाे १-२ चाेटि भएपनि रक्तदान गराै, जसले रक्तदान गर्ने व्यक्तिलाई  मुटु राेग लगाएका विभिन्न किसिमका राेगहरू लाग्न नदिने उक्त कार्यक्रममा सहभागी वक्ताहरूकाे भनाइ थियाे ।
फाेटाेग्राफर पेशामा आवद्व रहेका फाेटाेग्राफरहरूलाई  सांगठनिक गराई  व्यापारीक संगठनलाई विस्तार गर्ने भनी १२० संस्था आवद्व रहेकाे संघले हरेक साल फाेटाेग्राफर तालिम, रक्तदान लगाएतका काम गर्दै आएकाे छ ।
नवलपरासी फाेटाेग्राफर संघका अध्यक्ष प्रेम गाैतमकाे अध्यक्षता तथा सुनवल रेडक्रस साेसाइटि शाखाका सभापति  गाेपाल प्रसाद शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्लाका फाेटाेग्राफर र  स्थानीय गरी २९ जनाले रक्तदान रहेका थिए  ।
यसैगरी नवलपरासी फाेटाेग्राफर संघले आजै पवित्र वृद्वआश्रम सागर पोखरी सुनवल १३ बडेरामा १० हजार मूल्य बराबरकाे खाद्यान्न सामाग्री समेत बितरण गरेकाे छ ।



Ads