ताजा अपडेटः

फरक क्षमता भएका ९ जना विद्यार्थीदाइ रामग्राम महिला जेसीजद्वारा सहयाेग सामग्री वितरण 

फरक क्षमता भएका ९ जना विद्यार्थीदाइ रामग्राम महिला जेसीजद्वारा सहयाेग सामग्री वितरण  प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार २०:२६

नवलपरासी । रामग्राम महिला जेसीजको आयोजनामा शुक्रबार फरक क्षमता भएका  बालबालिकालाई पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनत विद्यार्थीलाई सहयोग सामग्रि वितरण गरिएको छ ।
संस्थाको पुर्व अध्यक्ष प्रभा ज्ञवालीको जन्मदिनको अवसर पारि गरिएको उक्त कार्यक्रममा विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका विशेष  क्षमता भएको बोल्न र सुन्न नसक्ने ९ जना विद्यार्थीहरुलाई बेडसिट, झुल लगाएतको सामाग्रि वितरण गरिएको हाे  ।
महिला जेसीज वर्ष २०२३ कि अध्यक्ष जोगमाया कुमारी चौधरीको अध्यक्षता तथा संस्थाकै पुर्व अध्यक्ष( वर्ष २०१६)की प्रभा ज्ञवालिको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा  बोल्दै प्रमुख अतिथी ज्ञवालीले बालबालिकाहरुको आवश्यकताका वस्तुहरु आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न अवसर पाउँदा खुसि भएकाे बताउनुभयाे ।
साथ‌ै उहाँले कार्यक्रम सफल बनाउन सहकार्य गरेकाेप्रति रामग्राम महिला जेसीज परीवारलाई धन्यवाद समेत दिनुभएको थियो ।
यस्तै कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष सकिना फातिमा खातुन अन्सारीले जेसीजले गरेको समाजसेवाको कार्य  अतुलनिय भएकाे बताउदै  पालिकाबाट विशेष पहल गरीने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रमा स्वागत मन्तव्य महिला जेसीजकी कार्यकारीणि उपाध्यक्ष सरिता कुर्मिको  स्वागत रहेको उक्त कार्यक्रमा वडा नं. ३ का वडा अध्यक्ष बुधन प्रसाद हरिजन, विद्यालयका व्यवस्थापक शुरेस गुप्ता, प्रध्यानाध्यापक रविन्द्र प्रसाद शर्मा, कुशमहा आयूरवेद औषधालयको वरिष्ठ वैध धरमेन्द्र खनाल, विद्यालयका लेखापाल रमेश यादव लगाएतको सहभागिता रहेको  संस्थाकी महासचिव डोल्मा चौधरीले  जानकारी दिनुभयाे ।