ताजा अपडेटः

सिद्वार्थ शिशु सदनले विद्यार्थीलाई दिदै व्यवहारीक शिक्षा

कल्पना खरेल
सिद्वार्थ शिशु सदनले विद्यार्थीलाई दिदै व्यवहारीक शिक्षा प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार ०७:५८

कल्पना खरेल, नवलपरासी ।  पश्चिम नवलपरासीको सुनवल-४ स्थित,सिद्धार्थ शिशु सदन सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नाे विद्यार्थीहरुलाई  शुक्रबार विभिन्न किसिमको व्यवहारीक शिक्षा प्रदान गरेकाे छ ।
विद्यालयकाे साप्ताहिक कार्यक्रम अन्तरगत सिद्धार्थ शिशु सदनले विद्यार्थीले आफ्नाे व्यक्तिगत स्याहार सुसार गर्न सक्ने क्षमता वृद्धि गर्ने उदेश्य सहित विभिन्न सिप विकाश कार्यक्रम  अन्तर्गत कपाल कोर्ने, बाट्ने र सर्टको बटन लगाउने सिप सिकाएकाे हाे   ।
जस अन्तर्गत कक्षा ३ देखी ७ सम्मका विद्यार्थीहरूले उक्त सीप सिकेका थिए भने  कक्षा ८,९ र १० का विधार्थीहरूले विज्ञान सम्बन्धि रोचक प्रतिभाहरू प्रदर्शन गरेका थिए  ।
व्यवहारीक शिक्षाले व्यक्तिकाे आचरणमा सकारात्मक परिवर्तन ल्याई नैतिक चरित्रकाे विकाश संभव हुदा अन्य विद्यालय भन्दा फरक यस विद्यालयले व्यवहारीक शिक्षालाई महत्व दिएकाे विद्यालयका प्राचार्य  पदमचन्द्र ठकुरीले बताउनुभएकाे छ ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले राेचकता सहित सहभागीता जनाएका थिए ।




Ads