बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले मुलुककाे विकास र समृद्धिमा सञ्चार गृहकाे महत्वपूर्ण भूमिका हुने बताउनुभएकाे छ । उहाँले त्यसकाे लागि सञ्चार गृह पनि बलियाे हुनुपर्ने बताउनुभयाे ।
प्रकाशन तथा प्रसारण संघले लुम्बिनी प्रदेशकाे विकासमा मिडियाकाे भूमिका र वर्तमान अवस्था विषयमा आज शुक्रबार आयाेजित मिडिया सम्मेलन-२०८० काे उद्घाटन गर्दै मुख्यमन्त्री चाैधरीले मिडियाकाे सवलीकरणकाे लागि प्रदेश सरकारले के गर्नु पर्छ, सुझाव दिन आग्रह गर्नुभयाे ।
कार्यक्रमकाे बारेमा जानकारी गराउदै संस्थाका अध्यक्ष नवराज कुवँरले बिज्ञापन बजार खुम्चिएकाे बताउनुभयाे । उहाँले जसका कारण बिज्ञापन पाउन पनि कठिनाई भएकाे र सञ्चार माध्यमकाे आर्थिक सवलीकरण गर्न समस्या भएकाे भनाई राख्नुभयाे ।
उहाँले लागत भन्दा कम मुल्यमा बिज्ञापन प्रकाशन प्रसारण गर्नुपरेकाे र त्यसका कारण सञ्चार गृह व्यवस्थित गर्न नसकिएकाे बताउनु भयाे ।
उहाँले लाेक कल्याणकारी बिज्ञापन बढाउन, सञ्चारगृहलाई कर छुटकाे व्यवस्था गर्न र उपकरण खरिदमा सहुलियत प्रदान गर्न सरकारसंग आग्रह गर्नुभयाे । कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल र सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सञ्चार क्षेत्रकाे विकास र सवलीकरणकाे लागि सहकार्य गर्न स्थानीय तह तयार रहेकाे बताउनुभयाे ।
त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र सञ्चारगृहलाई पत्रकारिताकाे आचारसंहिता पालना गर्न आग्रह गर्नुभयाे । उहाँले मिडिया संकटमा पर्नुमा सरकार मात्रै नभएर ओरालाे लागेकाे अर्थतन्त्र र मिडिया सञ्चालक आफै पनि त्यसकाे दाेसी रहेकाे भनाई राख्नुभयाे ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले पत्रकारितामा श्राेतकाे विश्वसनीयता, उसकाे समर्पण र कार्यक्षमतालाई फराकिलाे बनाउनु पर्ने बताउनुभयाे । त्यस्तै अर्का वरिष्ठ पत्रकार कनकमणी दिक्षितले पत्रकारिता अफ्ठ्याराेमा पर्दा व्यापारिक या शक्तिराष्ट्रहरुकाे प्रभाव पर्ने बताउँदै त्यसबाट जाेगाउन सकिएन भने पत्रकारिताकाे मर्म पनि मरेर जाने भनाई राख्नुभयाे । उहाँले छिमेकीसंग डराउने प्रबृतिले यहाँका सम्भावनाहरु ओझेलमा परेकाे भनाई राख्नुभयाे ।
कार्यक्रममा मिडिया सञ्चालक बालकृष्ण चापागाई, जगदिश भट्टराई, संघका उपाध्यक्ष विष्णु भुसाल, सचिव माधव नेपाल लगायतले भनाई राख्नु भएकाे थियाे । त्यस अवसरमा सञ्चार क्षेत्रकाे विकासमा गरेका बुटवलका मित्रबहादुर शाक्य र कर्णबहादुर कार्की तथा दाङका नारायण शर्मालाई सम्मान गरिएकाे थियाे ।