ताजा अपडेटः

मेयरले गरे स्वकीय सचिव ठगुन्नामाथि खुकुरी प्रहार

कल्पना खरेल
मेयरले गरे स्वकीय सचिव ठगुन्नामाथि खुकुरी प्रहार प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार १०:३७

प्रदिप न्यौपाने ,धनगढी । डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।
ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गरेका छन्। घटनाको बारेमा कुनै प्रक्रियागत जानकारी प्राप्त नभएको र सामान्य बुझ्दा स्वकीय सचिव ठगुन्नाले नगर प्रमुखको गाडीमा तोडफोड गरेको र ठगुन्नामाथि खुकुरी प्रहार नभएकोे जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।




Ads