ताजा अपडेटः

१ सय ३१ विद्यार्थीलाई  वितरण गर्याे देवकोटा बहुमुखी क्यापसले छात्रवृत्ति

१ सय ३१ विद्यार्थीलाई  वितरण गर्याे देवकोटा बहुमुखी क्यापसले छात्रवृत्ति प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार १३:४५

कल्पना खरेल,नवलपरासी । आज बुधबार एक कार्यक्रमकाे आयाेजना गरी महाकवि देवकोटा  क्याम्पसले अध्ययनरत  १ सय ३१ विद्यार्थीलाई १० लाख ४२ हजारकाे छात्रवृत्ति वितरण गरेकाे छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, संघीय सांसद ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यता तथा नगरप्रमुख विमला अर्यालकाे विशिष्ट आतिथ्यतामा  २०७९ सालकाे छात्रवृत्ति वितरण गरिएकाे हाे ।
कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले जेहेन्दार ,सिमान्तकृतभित्र  ( महिला , दलित, अपांग , अल्पसंख्यक , पिछडिएकाे वर्ग,द्वन्द्व पिडित, , मुस्लिम, मधेशि )  र खेलकुदबाट निश्पक्ष,पारदर्शी र समावेशीका आधारमा छात्रवृत्ति वितरण गरिएकाे  बताउनुभयाे  ।
कार्यक्रमलाई सम्बाेधन गर्दै संघिय सांसद धुर्व बहादुर प्रधानले देवकोटा बहुमुखी क्याम्पस जिल्लाकै नमुना क्याम्पस भएकाे उल्लेख गर्दै क्याम्पसले प्रदान गरेकाे छात्रवृत्ति प्रभावकारी बन्नेमा आशावादी रहेकाे विचार व्यक्त गर्नुभयाे । उहाँले विद्यार्थीले चाहेमा मात्र विद्यालयकाे गुणस्तरले अझ उचाइ छुन सक्ने भन्दै आफु  विद्यालयप्रति सकारात्मक रहेकाे धारणा व्यक्त गर्नुभयाे ।
त्यस्तै विशिष्ट अतिथि तथा नगरप्रमुख विमला अर्यालले  व्यवस्था परिवर्तन सगै अबस्था परिवर्तन हुने जनताकाे विश्वास पूरा हुन नसकेकोमा दुख व्यक्त गर्दै  विद्यार्थीकाे कृयाशिलता र  इमानदारीता रहे सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले प्रमाणपत्र मात्र हातमा नभइ संस्कार सहितकाे प्रमाणपत्रले सम्मुनत समाज निर्माण हुने भन्दै महाकवि देवकोटा क्याम्पस यस विषयमा सजक रहन आग्रह गर्नुभयाे ।
साेहि क्रममा बाेल्दै क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेले विद्यार्थी प्राेत्साहन स्वरूप अध्ययनका लागि सहयाेग हाेस् भन्ने उदेश्य सहित छात्रवृत्ति वितरण गरिएकाे बताउनुभयाे । उहाँले यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू अनुसासित र मेहनती भनेकाे बताउदै भवनकाे अभावमा +2 पास भएका थुप्रै जेहेन्दार विद्यार्थीलाई क्याम्पसले पढाउन नसकेकाे हुदा माननीय संघिय सांसद प्रधान र मेयर अर्यालसगँ सहयाेगकाे अपिल गर्नुभयाे ।
वि.स. २०६० सालमा स्थापना भई वि.स. २०७२ सालदेखि छात्रवृत्ति वितरण गर्दै आएकाे यस देवकोटा क्याम्पसमा BBA, BICTE, BBS, B.Ed, BA गरी जम्मा १३४० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । भने जम्मा २८ जना शिक्षक / शिक्षिका ,१२ जना कर्मचारी, ५ वटा भवन र २८ वटा काेठामा अध्ययन अध्यापनमा लागि प्रयाेग भएका छन्  ।
प्रध्यापक हरिदत्त शर्माको संचालन र क्याम्पस प्रमुख नारायण प्रसाद ढकालकाे स्वागत रहेकाे कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष थानप्रसाद गैरे, विद्यार्थी परामर्श शाखाका संयाेजक सूर्यप्रसाद ढकाल लगायतले बाेल्नुभएकाे थियाे ।



Ads