ताजा अपडेटः

एक मृत लास फेला पर्याे

एक मृत लास फेला पर्याे प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार १९:१५

कल्पना खरेल, नवलपरासी ।  आज पश्चिम नवलपरासीको  प्रतापपुर गा.पा. ७ सूर्यपुरा बजारमा रहेको दुर्गा मन्दिरको प्रतिक्षालयमा एक मृत लास फेला परेकाे छ ।
बिहान स्थानीयले  नामथर ठेगाना नखुलेकाे अन्दाजी ६५ बर्षका देखिने  पुरूषकाे  मृत लास देखेपछि प्रहरी चौकी गुठि प्रसौनिमा खबर गरेका थिए ।
तत्काल चौकीबाट प्र.स.नि. बिकाउ साह  को कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगी हेर्दा बाहिरी घाउ चोटपटक तथा कुनै संकास्पद नदेखिए पश्चात थप अनुसन्धानको लागी  ई.प्र.का. बेलाटारीबाट प्र.नि. श्याम प्रकाश यादवको कमाण्डमा SOCO टोली सहित  ७ जनाको टोली घटनास्थल पुगेकाे थियाे ।
स्थानियसंग बुझ्दा मृतक मागी खाई हिड्ने र ६/७ दिन अगाडी देखी नै मन्दिरमा बस्दै आएको भारतिय नागरिक रहेको भन्ने बुझिएको भएपनि थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads