ताजा अपडेटः

धनगढीकाे गाैरिफन्टा नाकामा  कडाइ

कल्पना खरेल
धनगढीकाे गाैरिफन्टा नाकामा  कडाइ प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार १४:२२

प्रदिप न्याैपाने,धनगढी । सुदुपश्चिमकाे धनगढीस्थित नेपालभारत सिमानाका गौरिफन्टा  नाकामा थप कडाइ गरिएको छ। १५ अगष्ट अर्थात भारत गणतन्त्र दिवस नजिकिदै गर्दै कुनै अप्रिय घटना नहाेस् भन्ने लक्ष्य सहित सिमानाकामा थप कडाई गरिएकाे हाे ।
जसका कारण आजभोलि नेपालबाट भारत जादा हाेस् या भारतबाट नेपाल प्रवेश गर्दा हाेस् परिचय खुल्ने कागजपत्र नागरिकता , आधारकाड अनिवार्य गरिएकाे छ , अन्यथा सिमामै राेकी फिर्ता पठाउने गरिन्छ  ।
राेटि र बेटिकाे सम्बन्ध रहेकाे भारत दैनिक हजाराै नेपाली  किनमेल र राेजगारीका लागि जाने गर्छन् । उनिहरूलाई यतिबेला निकैनै समस्या सृजना भएकाे छ ।
खुला सिमानाका कारण गणतन्त्र दिवसकाे अवसरमा अघिल्ला बर्षहरूमा अप्रिय घटनाहरू हुँदै  आएका थिए ।




Ads