ताजा अपडेटः

एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाकाे गयाे ज्यान

कल्पना खरेल
एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाकाे गयाे ज्यान प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार १९:३६

प्रदिप न्यौपाने , धनगढी । एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन्। अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।
कैलाली प्रहरीका अनुसार बिहिवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुनगई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।
घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन्। फरार बिनोद र आसिका घटनापछि फरार भएका थिए । क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ भने उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।




Ads