ताजा अपडेटः

एक वर्षमा विभागमा पर्‍यो ४४ सय ६४ वैदेशिक रोजगार ठगीको मुद्दा, झण्डै १८ सय मेलमिलापमार्फत टुङ्गीयो

कल्पना खरेल
एक वर्षमा विभागमा पर्‍यो ४४ सय ६४ वैदेशिक रोजगार ठगीको मुद्दा, झण्डै १८ सय मेलमिलापमार्फत टुङ्गीयो प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार १७:३१

काठमाण्डौ – गएको आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगार विभागमा झण्डै ४५ सय वैदेशिक रोजगार ठगीका उजुरी परेका छन् । विभागका अनुसार एक वर्षको अवधिमा ठगीमा मात्रै ४४ सय ६४ उजुरी परेको हो । विभागमा परेका मुद्दामध्ये १७ सय ५१ मुद्दा पीडित र पीडकबीच मेलमिलापमार्फत टुङ्ग्याइएको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विभागले मेलमिलापमार्फत ठगी भएको झण्डै ५६ करोड रुपैयाँ पीडितलाई दिलाएको हो । वैदेशिक रोजगार विभागमा ठगीका उजुरी हेर्नका लागि मुद्दा तथा अनुसन्धान शाखा, राहत उद्धार तथा समन्वय शाखा र प्रहरीको टोली समेत खटिएको छ ।
प्रहरीले विभागमा गुनासो लिएर आउने श्रमिकको ठाडो उजुरीसमेत लिने र त्यस उपर आवश्यक काम कारबाही अघि बढाउने गर्छ । पछिल्लो समय वैदेशिक रोजगार ठगी बढ्दो छ । युरोप अमेरिका लगायतका देशमा पठाउने भन्दै लाखौँ रुपैयाँ असुल्ने तर पैसा लिएपछि एजेण्टहरु फरार हुने क्रम बढ्दो छ ।
पछिल्लो समय म्यानपावर र एजेण्ट मात्र होइन मानिस घुम्न पठाउने ट्राभल एजेन्सी र शैक्षिक परामर्श गर्ने कन्सलटेन्सीहरुले समेत वैदेशिक रोजगारीको लागि पठाउछु भनी ठगी रहेका छन् । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममार्फत ठगी गर्ने क्रम बढेपछि विभागले यसतर्फ सचेत रहन अनुरोध गरेको छ




Ads