ताजा अपडेटः

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आयाे

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आयाे प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार १६:२२

काठमाण्डाै ।नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज मङ्गलवार बिहान ५ बजेर २० मिनेटमा खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ बजेर २० मिनेटदेखि सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका–६ काे कालीखोलामा पहिरो खसेसँगै सडकमा गाडी आउजाउ राेकिएकाे थियो । बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । यस सडक खण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।