ताजा अपडेटः

प्रहरी बाटै बाहिरियाे गलत सुचना, अनुसन्धानका क्रममा भेटियाे फरक सत्य ।

प्रहरी बाटै बाहिरियाे गलत सुचना, अनुसन्धानका क्रममा भेटियाे फरक सत्य । प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार २२:०६

नवलपरासी । हिजाे मात्रै प्रहरीले पश्चिम नवलपरासीको पाल्हीनन्दन-२ भक्सिपुरमा रहेकाे रामजानकी मन्दिरका पुजारी  ५५ वर्षिय जयसराज पाण्डेमाथी चक्कु प्रहार भएको गलत समाचार संचारकर्मिलाई जानकारी गरायाे । अनुसन्धानमा क्रममा उनी कसैकाे चक्कु प्रहारबाट नभई आफै लडेर घाईते भएको खुल्न आएकाे छ ।
प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले संचारकर्मिलाई पुजारी पाण्डेलाई एक व्यक्तिले टाउकोमा चक्कु प्रहार गरी मोबाईल लुटेर भागेको  समाचार  जानकारीक गराएपश्चात संञ्चारकर्मिहरूले  गलत समाचार सम्प्रेषण गरे ।  तर आज बिहान अनुसन्धानका क्रममा मदिराले लठ्ठ परेका पुजारी पाण्डे आफै लडेर टाउकोमा चोट लागेको हालसम्मकाे अनुसन्धानबाट खुल्न आएकाे  सूचना अधिकारी पाण्डेले बताउनुभएकाे छ ।
स्थानीयका अनुसार पुजारी पाण्डे मदिरा धेरै सेवन गर्ने गर्थे ।  घटनास्थलमा पुगेको प्रहरी टोलीले सत्यतथ्य नबुझि हतारमा जानकारी गराउदा गलत सुचना प्रवाह भएको हाे ।
अहिले घाईतेकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।