ताजा अपडेटः

अज्ञात व्यक्ति द्वारा पुजारी माथि चक्कु प्रहार

अज्ञात व्यक्ति द्वारा पुजारी माथि चक्कु प्रहार प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार १७:५२

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरका एक पुजारीमाथी अपरिचित व्यक्तिले आज चक्कु प्रहार गरेका छन् ।
दिउँसो अन्दाजी साढे ३ बजे  बिगत २ बर्ष देखी पुजारीको काम गरी बसेका अन्दाजी ५०/५५ का जयसराज पाण्डेलाई टाउकोमा चक्कु प्रहार गरी उनीसँग भएकाे मोबाइल समेत लुटी लगेका छन् ।
घटनाकाे खबर प्राप्त हुना साथ प्रहरी नायव निरिक्षक पिंकल बि.क. को कमाण्डमा ३ जनाको टोली र ई.प्र.का. महेशपुरबाट प्र.नि. मेघनाथ चापाँगाई को कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगि घाईतेलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल परासी ल्याइएकाे थियाे ।
यतिबेला उनकाे अवस्था  मध्यम रहेकाे र चक्कु प्रहार गर्ने मानिसको खोजतलास भइरहेकाे प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads