ताजा अपडेटः

विमानस्थलबाट सुन सहित बैतडीका एक जना पक्राउ

विमानस्थलबाट सुन सहित बैतडीका एक जना पक्राउ प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार ११:१४

प्रदिप न्यौपाने

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल गौचरबाट अवैध सुनसहित बैतडीका एक युवक  पक्राउ परेका छन् ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका हुन्।  करिब ८१ ग्राम तौलको सुनको ब्रासलेट सहित भण्डारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेकाे हाे  ।