ताजा अपडेटः

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, ग्यासको भाउ घट्याे 

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे, ग्यासको भाउ घट्याे  प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार १६:३६

काठमाण्डाै । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सात/सात रुपैयाँका दरले भाउ बढेर आएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट भाउ घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि घटबढ हुन्छ । अब पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको भाउ बढ्ने र खाना पकाउने ग्यासको भाउ घट्ने अनुमान छ ।



Ads