ताजा अपडेटः

लागुऔषध सहित महिला नियन्त्रणमा

लागुऔषध सहित महिला नियन्त्रणमा प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार २०:२५

कल्पना खरेल,नवलपरासी । आज विशेष सुचनाकाे आधारमा पश्चिम नवलपरासीको रामग्राम ६ पाेखरापाली स्थित एक घरकाे काेठाबाट  विभिन्न प्रकृतिका लागु ओैषध फेला परेकाे छ ।
दिउँसो अन्दाजी २ :३० वजे  रामपती अग्रहरीको घरमा डेरा लिई बस्ने वर्ष ४० कि गंगोत्री बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा  DIAZEPAM ,PHENERGAN ,BUPRENORPHINE  गरी ४२३ एम्पुल ,NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागु औषध फेला परेकाे हाे ।
लागू ओैषध सहित निज गंगोत्री बनियालाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय परासी  ल्याइ थप अनुसन्धान भैरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads