ताजा अपडेटः

यातायात व्यवस्था कार्यालय परासीले छिट्टै चारपाङ्गे सवारी साधनकाे समेत अनुमति पत्रकाे परीक्षा सेवा संचालन गर्ने

यातायात व्यवस्था कार्यालय परासीले छिट्टै चारपाङ्गे सवारी साधनकाे समेत अनुमति पत्रकाे परीक्षा सेवा संचालन गर्ने प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार १०:३९

कल्पना खरेल,नवलपरासी ।  यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले छिट्टै चारपाङ्गे सवारी साधनकाे अनुमति पत्रकाे परीक्षा  सेवा संचालन गर्ने भएकाे छ ।
शुक्रबार यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीको सवारी अनुमति पत्रकाे परीक्षा संचालन सेवा शुभारम्भ कार्यक्रमलाई सम्बाेधन गर्दै  लुम्बिनी प्रदेश सांसद बैजनाथ कलवारले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले दुइपाङ्गे माेटरसाईकल र स्कुटिकाे लाइसेन्स सेवा परासीबाटै सुरू गर्दा अन्यत्र जिल्ला गएर लामाे र झन्झटिलाे प्रकृया र खर्चिलो बाेझ घटेकाे तर्क राख्दै आफ्नाे कार्यकालमा यातायात क्षेत्रमा मात्र नभई चाैतर्फि विकासकाे अनुवन पश्चिम नवलपरासीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै साेहि क्रममा बाेल्दै रामग्राम उपप्रमुख सम्झना चाैधरीले स्थानीय जनतामा आएकाे याे सुविधा स्वागत याेग्य रहेकाे टिप्पणी गर्दै सम्पूर्ण राजनैतिक दल, बुद्धिजीवी, पत्रकारलाई धन्यवाद व्यक्त गर्नुभयाे ।
उहाँले  यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले मासिक ५० हजारमा लिजमा लिएर याे सेवा सुरू गरेकाे भन्दै अझ प्रभावकारी र सुविधासम्पन्न बनाउन रामग्राम नगरपालिका छिट्टै जग्गा व्यवस्था गर्ने तयारीमा रहेकाे उल्लेख गर्नुभयाे ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अब कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्ने साेचमा यातायात व्यवस्था सेवा कार्यालय लाग्नुपर्ने भन्दै विवाद रहित काम गर्न सुझाव दिनुभयाे ।
उता जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लाइसेन्स प्राप्तिका लागि बिचाैलियाले माेटाे रकम लिने गरेकाे बताउदै त्यसतर्फ सचेत रहन यातायात व्यवस्था सेवा कार्यालयलाई ध्यानाकर्षण गराउनुभयाे ।
माेटरसाईकल र स्कुटि गरि जम्मा ३२७ जना लिखितमा सहभागी रहेकाेमा एक पटकमा  ५० जनालाई परिक्षामा सहभागी गराईने गरि  ७ समुह छुट्टाइएकाे छ ।
१ दिनमा सय माेटरसाईकल र ५० स्कुटिकाे फर्म भरिने, हप्तामा आइतबारदेखि बुधवारसम्म दर्ता प्रकृया रहने र   विहिबार, शुक्रबार र सनिवार लिखितमा सहभागी गराइने अधिकृत कृष्णप्रसाद पाैडेलले बताउनुभएकाे छ ।
कार्यालय प्रमुख श्याम कुमार पाैडेलकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद बैजनाथ कलवारकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रमकाे संचालन अधिकृत कृष्णप्रसाद पाैडेलले गर्नुभएकाे थियाे ।



Ads