ताजा अपडेटः

नि: शुल्क आँखाकाे नानी प्रत्याराेपण गर्नेमा लुम्बिनी प्रदेश पहिलाे

नि: शुल्क आँखाकाे नानी प्रत्याराेपण गर्नेमा लुम्बिनी प्रदेश पहिलाे प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार १७:१८

दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनि यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताउनुभयो । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनालको भनाइ छ । यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार हुनेछ ।



Ads