ताजा अपडेटः

धनगढीमा धमाधम प्रहरीद्वारा भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा धमाधम प्रहरीद्वारा भन्सार छलीका सामान नियन्त्रणमा प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार १७:०३

प्रदिप न्यौपाने ,धनगढी । भन्सार छलिका सामान नेपाल प्रहरीले धमाधम नियन्त्रणमा लिएकाे छ। सिमा नाका गौरीफन्टा बाट हुने तस्करीलाई टाईगर टोलीका कमाण्डर लाल बहादुर चन्द नेतृत्वकाे टोलीले धमाधम नियन्त्रणमा लिएकाे हाे ।
२०६० सालबाट नेपाल प्रहरीमा आफ्नो सेवा दिदै आयका  कमान्डर  चन्दले कुनैपनि तस्करीलाई नछाड्ने र त्यसकाे लागि आफू अवोरात्र खटेर दिएको जिम्मेवारी  पूरा गर्ने बताएका छ्न् ।  उनी धेरै पटक जिल्ला प्रहरी कार्यालय बाट सम्मानित भएका छ्न्  ।
यतिबेल  टाईगर टोलीका कमाण्डर चन्दको नाम सुन्नी बितिकै कैलालीमा तस्करहरु डराउने गरेका छ्न्। उनलेे भन्सार छली ,लागु औसत ,चोर डाकाहरुलाई समाउदै आएका छन् । नेपाल प्रहरी अनुसन्धानमा दक्षिण एसिया कै पहिलो नम्बरमा  पर्दछन ।



Ads