ताजा अपडेटः

बैतडीमा पहिरोले पुरिदा एकै घरकाआमा छोराको मृत्यु

बैतडीमा पहिरोले पुरिदा एकै घरकाआमा छोराको मृत्यु प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार १०:१३

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा एकै घरका आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका – २ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको हो ।
मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् ।
सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभएकाे छ ।
स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपाया समेत मरेका छन् ।



Ads