कल्पना खरेल, नवलपरासी । यातायात व्यवस्था कार्यालय परासीले आजदेखि थप सेवा अन्तर्गत नयाँ आवेदन दर्ता सुरू गरेकाे छ ।
लामाे समयदेखि अन्य जिल्लामा गएर माेटरसाइकल र स्कुटिकाे फाराम भरि , लिखित र ट्रायल पास गर्दै लाइसेन्स लिकाल्ने परिपाटीको अन्त्य गर्दै यातायात व्यवस्था कार्यालय परासीले मोटरसाईकल र स्कुटिकाे नयाँ आवेदन दर्ता सुरू गरेकाे हाे ।
आज पहिलाे दिन माेटरसाईकलकाे आवेदन फारम ७५ र स्कुटिकाे फारम १० जनाले भनेकाे र नविकरण आवेदन फारम १९ जनाकाे भरेकाे कम्प्युटर अधिकृत पदमराज आचार्यले जानकारी दिनुभएकाे छ ।
पश्चिम नवलपरासी , रूपन्देही लगाएत विभिन्न क्षेत्रबाट जागिर व्यापारकाे शिलशिलामा अन्यत्र जिल्लाबाट आएकाले समेत नयाँ आवेदन फारम भरेका छन् ।
२०७९ असार देखि सवारी नविकरण , सवारी जाचपास , रूपरमिट सेवा दिदै आएकाे यातायात व्यवस्था कार्यालय परासीले यहि असार १० गते देखि लाईसेन्स नविकरण समेत गर्दै आएकाे थियाे ।