ताजा अपडेटः

७ लाख भन्दा बढीको अवैध कुखुराको चल्ला सहित पिकअप गाडी नियन्त्रणमा

७ लाख भन्दा बढीको अवैध कुखुराको चल्ला सहित पिकअप गाडी नियन्त्रणमा प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार १८:४४

कल्पना खरेल,नवलपरासी । आज बिहान अन्दाजी ६:०० बजे पश्चिम नवलपरासीकाे  सुस्ता गा.पा.- १ रुपौलियाबाट अबैध रुपमा ल्याइएका २ लाख २८ हजार मुल्य बराबरकाे  अवैध कुखुराको चल्ला सहित पिकअप गाडी नियन्त्रणमा लिइएकाे छ   ।
लु १ ज २६८३ नं. को पिकअपमा भारतबाट नेपाल भित्राइएका  २६ कार्टुन बोईलर कुखुराको चल्ला ल्याउदै गरेको अबस्थामा  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा  लिएको हाे ।
नियन्त्रणमा लिएकाे उक्त पिकअप गाडीको अं. मुल्य रु. ५ लाख र कुखुराको चल्लाको समेत गरी जम्मा अं. रु. ७ लाख २८ हजार बराबर रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ    ।  पिकअप चालक जिल्ला नवलपरासी प्रतापपुर गा.पा. १ बस्ने बर्ष अं. ३७ को भोलानाथ थारु, अबैध चल्ला र पिकअप गाडिलाई  नियन्त्रणमा लिई  आबस्यक कार्बाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads