ताजा अपडेटः

स्वदेशमै आत्मनिर्भर बनाउने उदेश्य सहित नगरप्रमुख अर्यालद्वारा ३४ जनालाई विभिन्न उपकरण सामाग्री हस्तान्तरण

स्वदेशमै आत्मनिर्भर बनाउने उदेश्य सहित नगरप्रमुख अर्यालद्वारा ३४ जनालाई विभिन्न उपकरण सामाग्री हस्तान्तरण प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार २२:१२

कल्पना खरेल,नवलपरासी । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्य सहित पश्चिम नवलपरासीको सुनवल नगरभित्रका ३४ जनालाई विभिन्न उपकरण सामाग्री हस्तान्तरण गरिएकाे छ ।
पुन:एकिकरण कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार वोर्डको ६० प्रतिशत, सुनवल नगरपालिकाको २० प्रतिशत र सम्वन्धित व्यक्तिको २० प्रतिशत साझेदारीमा स्वरोजगारका लागि व्यवसाय संचालन गर्न विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएकाे हाे ।


लाभग्राहीहरुलाई उनीहरूकै मागको आधारमा कृषि, पशुपालन, सिलाई कटाई, मौरी पालन, कुटाई पिसाई जस्ता व्यवसायसँग सम्बन्धित सामाग्रीहरु नगरप्रमुख विमला अर्यालले हस्तान्तण गर्नुभएकाे थियाे ।
यस अघि २०८० असार ५ देखि ८ गतेसम्म सो कार्यक्रमका लाभग्राहीहरुलाई उद्यमशीलता प्रवर्धन, कृषि तथा पशुपालन सम्बन्धी ४ दिने तालिम पनि सञ्चालन गरिएकाे थियो ।


साे कार्यक्रम सुनवल नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत सञ्चालन भएको हाे ।

 



Ads