ताजा अपडेटः

सर्पकाे टाेकाईबाट दाङमा एक जनाकाे मृत्यु

सर्पकाे टाेकाईबाट दाङमा एक जनाकाे मृत्यु प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार २१:२२

दाङ । सर्पकाे डसाइबाट दाङमा एक जनाको ज्यान गएको छ । आज शुक्रवार दिउँसो पश्चिम दाङको शान्तिनगर गाउँपालिका-३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा घर्सीलाई सर्पले डसेकाे थियाे । उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको हो । घर्ती घरमा एक्लै बस्दै आउनुभएकाे थियाे । उहाँका छोराबुहारी वैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेका प्रहरीले जनाएको छ ।



Ads