दाङ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । लमही नगरपालिका-३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।