ताजा अपडेटः

लागुऔषध सहित दुई जना व्यक्ति नियन्त्रणमा

लागुऔषध सहित दुई जना व्यक्ति नियन्त्रणमा प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार २०:४०

कल्पना खरेल,नवलपरासी । आज अन्दाजी ५ बजे विशेष सुचनाकाे आधारमा पश्चिम नवलपरासीको रामग्राम न.पा.४ जितपुरमा माेटरसाईकल सवार व्यक्तिलाई चेकजाचँ गर्दा विभिन्न किसिमका लागुओैषध बरामद गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यलय नवलपरासी बाट प्र.ना.नि. धर्म बहादुर कुँवरको कमाण्डमा खटिएको  ५ जनाको प्रहरी टाेलिले साे ठाउँमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको UP 56 V 5788 नं. को मो.सा. मा सवार  व्यक्तिहरुलाई चेकजाँच गर्दा  फेनारागन ४० एम्पुल,डाईजापाम ४० एम्पुल र नुफिन ४० एम्पुल  बरामद भएकाे हाे ।
मोटरसाईकल चालक जिल्ला नवलपरासी पाल्हिनन्दन गा.पा. ६ पडरी बस्ने बर्ष २० को दिनानाथ तिवारी र  मो.सा. पछाडी सवार साेहि ठाउँ  बस्ने बर्ष २० को करण यादव रहेका छन् ।
मोटरसाईकलमा पछाडी सवार व्यक्तिले कालो प्लाष्टिकको झोलामा बोकेको अबस्थामा लागुऔषध फेला पारेकाेले  दुवै व्यक्ति सहित मोटरसाइकललाई नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads