ताजा अपडेटः

लागुऔषध सहित मानिस नियन्त्रणमा

लागुऔषध सहित मानिस नियन्त्रणमा प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार १५:०१

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम न.पा.५ वाईपास स्थित जिल्ला प्रहरी कार्यालय र  जि.ट्रा.प्र.का को  ७ जनाको संयुक्त टोलीले  मापसे र लापसे चेकजाँचका क्रममा महेशपुरबाट परासीतर्फ आउदै गरेको एक स्कुटि चालक र बस्ने दुवैले लागू औषध सेवन गरेको भेटिएकाे छ ।
हिजो साझँ करिब ६ बजे लागुपदार्थ सेवन  गरिएकाे हाे या हाेइन भनि  लागू औषध किट प्रयोग गरी चेकजाँच गर्दा चालक जिल्ला रुपन्देही तिलत्तोमा न.पा-४ का  २२ वर्षिय समित मास्के मगरले चलाएकाे लु १६ प १६०८ नं. को र पछाडि बस्ने दुवैले लागु पदार्थ सेवन गरेकाे पाइएकाे हाे ।
साेहि क्रममा उनीहरूकाे खानतलासी गर्दा स्कुटरमा पछाडी सवार जिल्ला रुपन्देही तिलत्तोमा न.पा.-४ बिष्णुपुरा बस्ने बर्ष अं. २५ को अनिल दर्जीको पाईन्टको खल्तीमा  सानो-सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम  ला.औ. ब्राउन सुगर जस्तो देखिने  खैरो धुलो पदार्थ फेला परेकाे समेत जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
उक्त लागू औषध के हाे र  कुन स्थानबाट के  प्रयोजनको लागि  ल्याएको र सो कार्यमा अन्यकाे संलग्नता छ छैन भन्ने विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेका दुवैलाई आज नै सम्मानित अदालत बाट म्याद थप गर्ने कार्य समेत भैरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभयाे  ।
आगामी दिनमा लागू औषध सेवन गरी सवारी साधन चलाए नचलाएको बिषयमा जिल्लाको अन्य स्थानमा पनि चेकजाँचलाई निरन्तरता दिइने नवलपरासी प्रहरीले जनाएकाे छ ।



Ads