ताजा अपडेटः

अबैध सामान सहित ट्रक र चालक पक्राउ

अबैध सामान सहित ट्रक र चालक पक्राउ प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार १०:१५

कल्पना खरेल,नवलपरासी । आज बिहान ८ :१५ मा पश्चिम नवलपरासीको रामग्राम न.पा. ५ वाइपास स्थित राेडमा चेक जाँच गर्ने क्रममा लु १ ख ६९०२ नं. को ट्रकमा भन्सार छली ल्याइएकाे अवस्थामा सामान सहित ट्रक र चालक पक्राउ गरिएको छ ।
प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले ट्रक राेकि चेकजाचँ गर्दा चुरेल (मिठाई) ९२ बोरा जसकाे अं. मुल्य रु. १ लाख ७६ हजार ६ सय ४० र ट्रकको अं. मुल्य रु.६ लाख गरी जम्मा अं. मुल्य रु. ७ लाख ७६ हजार ६ सय ४० मूल्य बराबरको सामान पक्राउ गरिएकाे हाे ।
पक्राउ गरिएका ट्रक र सामान सहित चालक जिल्ला नबलपरासी पाल्हिनन्दन गाउपालिका वार्ड न ५ बस्ने बर्ष ४० को मोहमद धानि पठानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads