ताजा अपडेटः

जङ्गली च्याउले लियाे रोल्पामा एकै परिवारका ३ जनाकाे ज्यान

जङ्गली च्याउले लियाे रोल्पामा एकै परिवारका ३ जनाकाे ज्यान प्रकाशित मिति: ३१ असार २०८०, आईतवार १६:४३

राेल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज आइतवार ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।



Ads