ताजा अपडेटः

थारू समुदायमा वढि मात्रामा देखा पर्याे सिकलसेल एनिमिया र थालासेमिया राेग / महिला-पुरूष दुवैलाई बराबर लाग्ने

थारू समुदायमा वढि मात्रामा देखा पर्याे सिकलसेल एनिमिया र थालासेमिया राेग / महिला-पुरूष दुवैलाई बराबर लाग्ने प्रकाशित मिति: ३१ असार २०८०, आईतवार १५:५८

कल्पना खरेल,नवलपरासी । थारू समुदायमा बढि मात्रामा देखा परेकाे सिकलसेल एनिमिया र थालासेमिया राेग पश्चिम नवलपरासी लगाएतका तराईका जिल्लामा बढि देखिएकाे छ ।
आज जिल्लाका पत्रकार सगँ स्वास्थ कार्यालयले गरेकाे अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै  वरिष्ठ मलेरिया इनिष्पेक्टर देविलाल पाैडेलले यस्ताे बताउनुभएकाे हाे । उहाँले सिकलसेल राेग भनेकाे के हाे ? याे कस्ताे खालकाे राेग हाे ?  सिकलसेल तथा थालासेमियाकाे हालकाे अवस्था कस्ताे छ ? याे राेग व्यवस्थापनका लागि स्थानीय तहकाे भूमिका कस्ताे हुनुपर्छ ? याे राेग नियन्त्रण  र राेकथामका उपायहरू के- के  हुन् ? याे सम्बन्धि भएका राम्रा कार्य र आगामी याेजनाका विषयमा  जानकारी गराउनुभएकाे थियाे।


मानव रगतमा पाइने राताे गाेलाकार रक्तकणिकाकाे स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्तअल्पता सम्बन्धि राेगलाई सिकलसेन राेग भनिन्छ । जसकाे कारण शरिरका विभिन्न भागहरूमा रगत  सजिलोसँग बग्न सक्दैन र शरिरकाे भित्री अंगहरूमा अक्सिजनकाे मात्रा कम भई डल्लाहरू गाठाहरू देखिने,अनुहारमा अस्वभाविक परिवर्तन हुने, कडा खालकाे दुखाइ हुने, थाकाइ लाग्ने, श्वासप्रश्वासमा समस्या हुने,छाती दुख्ने,आखाँमा समस्या देखिने,पक्षघात समेत हुने, ज्वराे आउने लगाएतका लक्षणहरू देखा पर्दछ ।


याे राेग  बुवाआमाबाट बच्चालाई सर्ने एक वंशानुगत राेग हाे । जुन जिनकाे खराबीकाे कारण महिला पुरूषलाई बराबर लाग्ने गर्छ ।  सामान्यतया राताे रक्तकाेषकाे आयु १२० दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकाेषकाे आयु १० देखि २० दिनसम्म हुने हुदाँ बिरामीमा रक्तअल्पता हुन्छ ।
पश्चिम नवलपरासीका विभिन्न पालिकामा ११ वर्षदेखि २० बर्ष उमेर समुहलाई सिकलसेल तथा थालासेमियाकाे अवस्था पहिचानको लागि सुनवल , रामग्राम, वर्दघाट नगरपालिका र सुस्ता , सरावल र प्रतापुर गाउँपालिकामा गरिएकाे परिक्षणमा याे राेग पाइएकाेले सचेत हुन र सचेत गराउन पत्रकारलाई  आग्रह गरिएकाे थियाे ।


याे चेकजाचकाे लागि विशेष प्रविधि र तालिमप्राप्त चिकित्सक आवश्यक हुने हुदा रक्तअल्पताका विरामीमा अस्वभाविक दुखाई र अस्वभाविक परिवर्तन भएमा  तुरून्त चेकजाँच गर्नुपर्नेहुन्छ ।  सरकारले ताेकेकाे ल्याब र अस्पतालमा मात्र जाँच हुने हुदा करिब १ वर्षदेखि पृथ्वी चन्द्र अस्पताल परासीमा याे राेगकाे निशुल्क परिक्षणकाे व्यवस्था गरिएकाे छ ।
विश्वमा करिब ५ प्रतिशत जनसंख्यामा हेमाेग्लाेबिन सम्बन्धि राेग भएकाे अनुमान गरिएकाे छ । वार्षिक करिब ३ लाख देखि ५ लाख बच्चाहरू हेमाेग्लाेबिन सम्बन्धि राेगबाट संक्रमित भई जन्मने गर्छन् । जसमध्ये थालासेमिया र सिकलसेल बढि देखा पर्दछ ।


सैयाै बर्ष पहिले तराईमा बसाेबास गर्ने  थारू समुदायमा
ओैलाेकाे प्रकाेप बढि थियाे जसका कारण सैयाैकाे संख्यामा ज्यान गुमाए , विस्तारै त्याे राेग सगँ लड्ने क्षमताकाे वृद्वि सगै राताे रक्तकाेषिका परिवर्तन भई हसिया आकारकाे भइ  सिकलसेल एनिमिया र थालासेमिया राेगकाे उत्पत्ति भएकाे अनुमान गरिएकाे छ ।



Ads