ताजा अपडेटः

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिकामा नारा जुलुस सहित शान्तिपूर्ण विराेध प्रदर्शन / मर्छाै तर लघुवित्तकाे ऋण तिर्दैनाै

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिकामा नारा जुलुस सहित शान्तिपूर्ण विराेध प्रदर्शन / मर्छाै तर लघुवित्तकाे ऋण तिर्दैनाै प्रकाशित मिति: २७ असार २०८०, बुधबार २२:०३

कल्पना खरेल,नवलपरासी । लघुवित्त संस्था विरूद्वकाे संघर्ष समितिले आज पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिकामा नारा जुलुस सहित शान्तिपूर्ण विराेध प्रदर्शन गरेका छन् ।
समितिका पाल्हिनन्दन गाउँपालिका अध्यक्ष  सङ्गिता हरिजनकाे आयाेजनामा भएकाे उक्त विराेध प्रदर्शन सहितकाे र्यालि कुश्मा हुदेै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई ज्ञापनपत्र बुझाउद‌ै बेलासपुरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।
र्यालिमा  लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्तिय संस्थाद्वारा लगाईएका सामुहिक ऋण मिनाहा गर , आम गरिब किसानलाई नि:शुल्क ऋण प्रदान गर जस्ता नाराहरू लगाइएका थिए ।


कार्यक्रममा बाेल्दै संघर्ष समितिका प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य बद्रि देवानले चर्काे रूपमा लघुवित्तले लिएकाे व्याज र अपारदर्शी काराेबारले हजाराै महिला दिदिबहिनी घरबार बिहिन हुनुपर्ने बाध्यता सिर्जना भएकाले असुलीका नाममा जथाभावी बाेल्ने, मानसिक नताब दिनेलाई नाठि,हसिया, काेदालाे जे छ त्यसले प्रतिकार गर्न आग्रह गर्नुभयाे ।
उहाँले लघुवित्तका कारण कतिका घरबार विग्रेकाे, धनसम्पत्ति सम्पूर्ण सकिएर राेडमा पुग्नुपरेकाे र कतिले  लघुवित्तले दिएकाे मानसिक यातना सहन नसकि आत्महत्या गरेका घटनाहरू सार्वजनिक गर्दै हरेक गाउँ टाेलबाट लघुवित्तलाई लखेट्नुपर्ने माग गर्नुभयाे ।


त्यस्तै समितिका पाल्हिनन्दन गाउँपालिका अध्यक्ष  सङ्गिता हरिजनले लघुवित्तका कारण महिला दिदिबहिनीहरू राेएर हिड्न बाध्य भइएकाेले सरकारले ऋण मिनाहा गरि बाच्न सक्ने बातारण सृजना गर्नुपर्ने माग गर्नुभयाे ।
तिर्न सक्दा सम्म छाेरीकाे कानकाे झुम्का, गाेठका बाख्रा,भैंसी गाई र जंगा समेत बेचेर तिरेकाेले अब अन्तिम विकल्प भनेकाे कित मर्नु कित अन्तिम समय सम्म लड्नु रहेकाेले छिटाे भन्दा छिटाे सरकारकाे धानाकर्षण  हुनुपर्ने बताउनुभयाे ।


त्यस्तै लघुवित्त विरूद्वकाे संघर्ष समितिका जिल्ला अध्यक्ष गिता खाड ठकुरीले लघुवित्तका कर्मचारी पैसा असुलि गर्न आएमा टाेल-टाेलबाट लखेट्नुस् भन्दै महिला दिदिबहिनीलाई उठिबास लगाउने लघुवित्तकाे पैसा नतिर्ने बताउनुभयाे । त्यसका लागि देशका ७७ रै जिल्लाबाट लघुवित्त विरूद्वकाे संघर्ष  समिति गठन  गरिएकाे भन्दै बाचुन्जेल लडाई लड्ने तर पैसा नतिर्ने घाेषणा गर्नुभयाे ।


कार्यक्रममा बर्दघाट लघुवित्त विरूद्वकाे संघर्ष  समितिका अध्यक्ष लिला परियार, प्रतापुर लघुवित्त विरूद्वकाे संघर्ष  समितिका अध्यक्ष माया चाैधरी , रामग्राम ललघुवित्त विरूद्वकाे संघर्ष  समितिका अध्यक्ष माेति शर्मा लगाएतले आफ्ना भनाई राख्नुभएकाे थियाे ।
कार्यक्रमकाे अन्त्यमा लघुवित्तले दिएकाे निलामी चिठि जलाई
असार २९,३० र ३१ गते देशकाे  ७७ वटै जिल्लामा नेपाल बन्दकाे घाेषणा गरिएकाे समेत जानकारी गराईएकाे थियाे ।