ताजा अपडेटः

प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० कराेड रुपैयाँ फिराैती माग्ने व्यक्ति पक्राउ  

प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० कराेड रुपैयाँ फिराैती माग्ने व्यक्ति पक्राउ   प्रकाशित मिति: २६ असार २०८०, मंगलवार २०:१७

काठमाण्डाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिराैती माग्ने खोटाङका रमेशकुमार गुरुङ पक्राउ परेका छन् । गुरुङले प्रवेश लामाको नामबाट यही असारको १३ गतेदेखि निरन्तर फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै प्रसाईँले प्रहरीमा उजुरी दिनुभएको थियो । धम्की दिने गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले आज मङ्गलवार पक्राउ गरेको हो । उनले ३० करोड रुपैयाँ फिरौती मागेका थिए, फिरौती रकम लिन आउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।



Ads