ताजा अपडेटः

जिल्ला कारागार पश्चिम नवलपरासीमा क्षमता भन्दा बढि कैदिबन्दि / कैदिबन्दिलाई छुट्याइयाे दिनमा ७०० ग्राम माेटा चामल र ८० रूपैया

जिल्ला कारागार पश्चिम नवलपरासीमा क्षमता भन्दा बढि कैदिबन्दि / कैदिबन्दिलाई छुट्याइयाे दिनमा ७०० ग्राम माेटा चामल र ८० रूपैया प्रकाशित मिति: २६ असार २०८०, मंगलवार १९:०१

कल्पना खरेल,नवलपरासी । जिल्ला कारागार पश्चिम नवलपरासीमा यतिबेला ४१२ पुरूष, ७१ महिला र ३ आश्रीत बालबालिका गरि जम्मा ४८६ कैदिबन्दि रहेका छन् ।
१३ काेठाकाे १७५ क्षमताकाे पुरूष ब्लक र ४ काेठाकाे २५ क्षमताको महिला ब्लक भएपनि कैदिबन्दिहरू क्षमता भन्दा बढि रहेका छन् ।
जसले गर्दा एउटा पुरूष काेठामा वढिमा ५६-६३ देखि कम्तीमा १७-१८ जना र एउटा महिला काेठामा वढिमा ४० देखि कम्तीमा १२ – १३ जना कैदिबन्दिहरू मिलेर बस्न बाध्य रहेका छन् ।
लागू ओेैषध ,कर्तव्य ज्यान, जबरजस्ती करणी ,मानव बेचबिखन ,अपहरण ,शरीर बन्धक ,बैकिंङकसुर, चाेरी केश लगायतका अभियाेगमा दाेषि ठहर भइ १० वर्षदेखिका कैदीबन्दिहरू यश कारागारमा सजाय भाेगिरहेका छन् ।
कैदीबन्दिलाई हप्तामा ३ दिन आइतबार, मंगलबार र बिहीबार नागरिकता अथवा परिचय खुल्ने कागजपत्र भए भेट्न पाइने व्यवस्था रहेकाे छ । भने सुरक्षाकाे हिसाबले कैदीबन्दिलाई भेट्न आउदा ल्याइएका खानेकुरालाई पहिला ल्याउने व्यक्तिलाई ज चखाएर मात्र भित्र लग्न पाउने व्यवस्था रहेकाे छ ।
खानाकाे हकमा कैदिबन्दिलाई दिनकाे २ पटक ७०० ग्राम माेटा चामल र दिनकाे ८० रूपैया, समुहमा खान पाइनुका साथै आफै पकाएर खान्छु भन्दा पनि पाइने व्यवस्था रहेकाे कारागार कार्यालयकाे सुचना अधिकारी उषा गाैतम आचार्यले नवलपरासी खबरलाई जानकारी दिनुभएकाे छ ।
पूर्व पश्चिम महेन्द्र हाइवेबाट ५ किलाेमिटर भित्र रहेकाे जिल्ला कारागारले करिब ३ विगाहा जग्गा ओगटेकाे छ । जहाँ २ वटा महिला पुरूष कैदिबन्दिकाे ब्लक सित ४ वटा भवन रहेका छन् ।
भने ११ जना कर्मचारी र १७ जना सुरक्षाकर्मी तैनाथ रहेका छन् ।
कारागारमा पूर्वी र पश्चिम नवलपरासी सहित घर पाएक ठाउँमा स्थानान्तरण गरेर आएका र कपिलवस्तु र रूपन्देहीमा महिला कारागार नभएकाले रूपन्देही, कपिलवस्तु लगायतका कैदीबन्दिहरू रहेका छन् ।
कारागारमा सीप भएका कैदीबन्दिले चाहेकाे खण्डमा मुडा बुन्ने, झाेला बुन्ने,डल,कुशल बनाउने , माेजा बुन्ने ,टाेपि बनाउने,हाते पर्स बनाउने फर्निचरका सामानहरू निर्माण गर्ने लगायतका आयआर्जन गर्न सक्ने व्यवस्था पनि रहेकाे छ ।
साथै कैदीबन्दिलाई अनुशासित र मर्यादित राख्नका लागि नेपाल सरकारले महिला कैदिबन्दिकाे तर्फबाट एउटा महिला चाैकिदार र पुरूष कैदिबन्दिका लागि पुरूष चाैकिदार नाइकेकाे रूपमा राख्ने व्यवस्था गहेकाे छ ।
वर्षमा २ चाेटि माैसम अनुसारकाे कपडा र २ बर्षमा १ चाेटि ओड्ने ओच्छाउने र समय-समयमा स्वास्थ्य परिक्षणकाे पनि व्यवस्था रहेकाे सुचना अधिकारी आचार्यले जानकारी दिनुभयाे ।

 



Ads