ताजा अपडेटः

बुटवललगायतका क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

बुटवललगायतका क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ प्रकाशित मिति: २५ असार २०८०, सोमबार १६:४७

 

रुपन्देही – रुपन्देहीमा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गर्दै चोरीका मोटरसाइकल सहित गिरोहमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पाल्पा, गुल्मी, नवलपरासी र बाग्लुङका विभिन्न भागबाट उनीहरूलाई चोरीका मोटरसाइकलहरु सहित पक्राउ गरेको हो । उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका र आसपासको क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने काममा संलग्न भएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरूमा बुटवल-३ ज्योतिनगर बस्ने १९ वर्षीय किशोर, नवलपरासीको रामग्राम नगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम-१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ बस्ने २६ वर्षीय सरोज थापा र २६ वर्षीय दीपक रेगामी मगर, तिलोत्तमा-६ बस्ने २४ वर्षीय दिपेश थापा र २५ वर्षीय हितेस राना रहेका छन् । यस्तै बाग्लुङको वरेङका १९ वर्षीय किशोर, २० वर्षीय दीपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा-४ का १८ वर्षीय किशोर पनि पक्राउ परेका छ्न । पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।