ताजा अपडेटः

उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवल नगर कमिटीको प्रथम अधिवेशन तथा  उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवल नगर कमिटीको प्रथम अधिवेशन तथा  उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न प्रकाशित मिति: २५ असार २०८०, सोमबार १५:२४

कल्पना खरेल,नवलपरासी । उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवल नगर कमिटीको प्रथम अधिवेशन तथा  उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । उपभोक्ता हित संरक्षण मंच नेपाल सुनवल नगर कमिटीकाे अध्यक्ष सीता तिमल्सिनाकाे सभापतित्व तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
अधिबेशनले विष्णुप्रसाद पाैडेलकाे अध्यक्षतामा बाकी २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा पुष्पा पन्त जैसी,सचिवमा प्रेमबहादुर खड्का,काेषाध्यक्षमा राधा अर्याल, र सदस्यहरूमा कल्पना खरेल, रूद्र प्रसाद पाैडेल, श्यामु गुरूङ, विनु परियार र  कृष्णबहादुर कुवर चयन हुनुभएकाे छ ।
नवनिर्वाचित कार्यसमिकाे कार्यकाल अनुकरणीय रहाेस भन्दै बधाई तथा शुभकामना  दिदै नगरप्रमुख अर्यालले  सचेतनाका कार्यक्रमलाई अभियानकै रूपमा नगरभरी लैजान आग्रह गर्नुभयाे । र याे अभियानमा आफ्नाे साथ समर्थन सदैब रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले निर्वाचित हुनु ठुलाे कुरा नभई कार्यसम्पादन कत्तिको प्रभावकारी ढङ्गले गर्न सक्छ त्यसकाे सफल र अफल छुट्टिने हुदा जिम्मेवारीलाई अवसरमा बदल्न सुझाव दिनुभयाे
यता सचेतना कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय प्रमुख गंगाधर पाण्डेले गुणस्तरीय वस्तु भनेकाे के हाे? गुणस्तरीय वस्तु निर्माणका लागि कस्ता-कस्ता मापदण्ड अपनाउनुपर्छ ? बजार अनुगमन सम्बन्धि व्यवस्था के छ ? अखाद्य बस्तु भेटिएमा के गर्नुपर्छ ? बजार अनुगमन गर्दा ध्यानदिनुपर्ने कुराहरू केके हुन् ? अनुगमन कसरी प्रभावकारी बन्न सक्छ ? लगायतका विषयमा जानकारी दिनुभएकाे थियाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै  उपभोक्ता हित सरंक्षण मच नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले उपभोक्ता हित संरक्षण मंच नेपालकाे स्थापना,काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएकाे थियाे ।
यसैगरी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले अनुगमन कार्य फितलाे भएकाे भन्दै बजारमा गुणस्तरहिन समान नियन्त्रण गर्न स्थानीय सरकार पनि सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयाे ।
उपभोक्ता हित संरक्षण मंच नेपालका जिल्ला सचिव माेहन पाैडेलकाे संचालन रहेकाे कार्यक्रममा उपभोक्ता हित सरंक्षण मंच नेपालका जिल्ला अध्यक्ष तथा अधिवक्ता सरस्वती शर्मा, वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा, सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुषाल लगाएतले बाेल्नुभएकाे थियाे ।



Ads