ताजा अपडेटः

बालकलाई कोठामा थुनी मुन्द्रा लुटेको आरोपमा दुई जना पक्राउ

बालकलाई कोठामा थुनी मुन्द्रा लुटेको आरोपमा दुई जना पक्राउ प्रकाशित मिति: २५ असार २०८०, सोमबार १५:०९

 

दाङ – दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुनको मुन्द्रा लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूले तुलसीपुरको बसपार्कमा रहेको एउटा घरमा बालकलाई अस्ति शनिवार दिनभरि भित्रै थुनेर डर देखाई कानमा लगाएको मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ ।
मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आजमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाम भने गोप्य राखिएको छ ।



Ads