ताजा अपडेटः

श्री जनसेवा माध्यमिक विद्यालयले  २०७९ काे see मा उत्तीर्ण  विद्यार्थीलाई गर्याे सम्मान /  +2 सम्मकाे अध्ययनकाे लागि अन्यत्र क्याम्पस जानै नपर्ने

श्री जनसेवा माध्यमिक विद्यालयले  २०७९ काे see मा उत्तीर्ण  विद्यार्थीलाई गर्याे सम्मान /  +2 सम्मकाे अध्ययनकाे लागि अन्यत्र क्याम्पस जानै नपर्ने प्रकाशित मिति: २५ असार २०८०, सोमबार १२:२८

कल्पना खरेल, नवलपरासी । श्री जनसेवा माध्यमिक विद्यालय सुनवल -६, विसासय पश्चिम नवल परासीले २०७९ काे SEE मा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई शुभकामना सहित सम्मान गरेकाे छ ।
विद्यालयबाट सहभागी १सय ८ विद्यार्थीहरु मध्ये  3.88 जिपिए देखि  3.6 जिपिए ल्याउने ११ जना ,  3.2 जिपिए देखि 3.6 जिपिए ल्याउने 15 जना  र बाकी विद्यार्थीले क्रमश त्यो भन्दा मुनि जिपिए ल्याइ उत्तीर्ण हुन सफल भएका हुन् ।
उनिहरूलाई विद्यालयका प्रअ रमेश पाैडेलकाे अध्यक्षतार र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माेहननाथ कवरकाे प्रमखु आतिथ्यतामा  फुल ,माला ,खादा र  अबिर रहित बधाई तथा शुभकामना दिइएको हाे ।
साेहि कार्यक्रममा बाेल्दै विद्यालयका प्रअ रमेश पाैडेलले  उत्तीर्ण सबेै छात्रछात्राहरुलाई जनसेवा मा.वि. मैआफुले रोजेको बिषय छनोट गरी पढ्न सकिने हुदा  अन्य विद्यालय जान नपर्ने समेत जानकारी गराउनुभएकाे थियाे ।
२०५८  सालदेखि एस एल सि सुरु गरि २०७३ सालदेखि +2 ( ११/१२) सन्चालन गर्दै आएको यस विद्यालयले हाल आएर  सिभिल इन्जिनियरिङ्ग , साइन्स , शिक्षा र ब्यवस्थापनका विषयहरूमा  दक्ष शिक्षकद्वारा अध्यापन गराउदै आएकाे छ ।



Ads