ताजा अपडेटः

जग्गा विवादका कारण देवरद्वारा भाउजुकाे हत्या

जग्गा विवादका कारण देवरद्वारा भाउजुकाे हत्या प्रकाशित मिति: २५ असार २०८०, सोमबार ११:५८

कल्पना खरेल,नवलपरासी । जग्गाकाे विषयलाई लिएर  पश्चिम नवलपरासीको रामग्राम न.पा.-१० मंझरियाकि मिरा चाैधरीकाे आफ्नै देवरद्वारा हत्या गरिएकाे छ ।
हिजाे साँझ ७:४०  बजे भएकाे विवादले उग्र रूप लिएपछि  तेजनारायण चौधरीको श्रीमती बर्ष अन्दाजी  २५-२६ की मिरा चौधरीलाई आफ्नै देवार बर्ष अन्दाजी  २७ को चन्दन चौधरीले मो.सा.को सकरले टाउकोमा प्रहार गरेका थिए ।
टाउकोमा  गम्भीर  चाेट लागि घाईते भएकी मिराकाे उपचारको लागी जिल्ला अस्पताल परासी ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी  मेडिकल कलेज भैरहवा पठाईएकाेमा राति  ९:५  बजे भैरहवा मेडिकल कलेजले मृत घोषणा गरेको थियाे ।
लास जिल्ला अस्पताल परासी ल्याई शव गृहमा राखिएको र  पोष्टमाटम हुन बाकी रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ  । यतिबेला उक्त घटनाको  अनुसन्धानको लागि जिप्रका  बाट प्र.नि. किशोर आचार्यको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गएको छ भने  हत्या  गर्ने ब्यक्ति जि.प्र.का.को नियन्त्रणमा रहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads