ताजा अपडेटः

भन्सार छली ल्याएको अवैध सामान नियन्त्रणमा

भन्सार छली ल्याएको अवैध सामान नियन्त्रणमा प्रकाशित मिति: २५ असार २०८०, सोमबार ०९:५०

भन्सार छली ल्याएको अवैध सामान नियन्त्रणमा
कल्पना खरेल,नवलपरासी  । आज पश्चिम नवलपरासीकाे सरावल गा.पा.४ गोबरहिया चोकबाट अबैध रूपमा भन्सार छलि नेपाल ल्याउदै गरेकाे माेटरसाइकल सहित १ लाख ८७ हजार भन्दा वढिकाे सामान बरामद गरिएकाे छ । बिहान अन्दाजी ६:३० बजे  विशेष सुचनाकाे आधारमा प्रहरी चौकी  गोबरहियाबाट प्र.स.नि. हरी अधिकारीको कमाण्डमा खटिएको गस्ती टोलीलाई देखी  मो.सा. तथा सामान छोडि फरार  व्यक्ति फरार भएपछि  UP 56 K 6808 नं. को मो.सा. सहित सामान बरामद गरिएकाे हाे ।
बरामद गरिएकाे सामानमा   रु. ४० हजार ५ सय बराबरकाे कुर्ता सुरवाल ८१ पिस र १ लाख ४७ हजार ४ सय ८० मुल्य बराबरको ओम लेखेको ६२५ पिस टिसर्ट गरि जम्मा मुल्य  १ लाख ८७ हजार ९ सय ८० बराबर रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
नियन्त्रणमा लिएका माेटरसाइकल र अबैध सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेसपुर  पठाउने कार्य भइरहेको  प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभयाे ।



Ads