ताजा अपडेटः

लागु औषध सहित मानिस नियन्त्रणमा

लागु औषध सहित मानिस नियन्त्रणमा प्रकाशित मिति: २४ असार २०८०, आईतवार १९:१५

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम न.पा. १ सौवाटिकरमा घरमा खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा लागू ओैषध सहित मानिस नियन्त्रणमा लिइएको छ ।
हिजाे साझँ ६ बजे बिशेष सुचनाको आधारमा तालुक नेपाल प्रहरी प्रदेश कार्यालय ला.औ. नियन्त्रण एकाई, लागु औषध ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ब.ना.नि. गोबिन्द त्रिपाठी को कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि. धर्म बहादुर कुवंर को कमाण्डमा ५ जनाको संयुक्त टोलीले लागू ओेैषध सहित ४४ वर्षिय मनोज कुमार चमारलाई नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिइएको लागू ओेैषधमा डाईजापाम १८६ पिस,
फेनरागन १८८ पिस, नुफिन १८६ पिस र कोरेक्स S.KUF १० ml को १० पिस रहेकाे छ ।
उनलाई आज जिल्ला अदालतबाट दिन ५ को म्याद लिइ अन्य थप अनुसन्धान भईरहेको र लागुऔषध कारोबारमा संलग्न अन्यको भने खोजतलास जारी रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे