ताजा अपडेटः

पाठ्यक्रम र मुल्यांकन विधि सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

पाठ्यक्रम र मुल्यांकन विधि सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न प्रकाशित मिति: २४ असार २०८०, आईतवार १८:००

कल्पना खरेल,नवलपरासी । पाठ्यक्रम र मुल्यांकन विधि सम्बन्धि १ दिने अभिमुखिकरण तालिम पश्चिम नवलपरासीको सुनवल स्थित  द पाइनियर सेकेण्डरी बाेर्डिङ स्कुलमा सम्पन्न भएकाे छ ।
सुनवल प्याप्सन र एलाइड पब्लिकेशन प्रा.ली.काे संयुक्त आयाेजना संचालित उक्त अभिमुखिकर् तालिममा कक्षा १ देखि कक्षा ३ सम्मकाे एकीकृत पाठ्यक्रम र मुल्यांकन विधिका विषयमा प्रशिक्षण दिइएकाे थियाे ।


कक्षा १ देखि कक्षा ३ सम्मकाे विद्यार्थीकाे मुल्यांकन र अभिलेख राख्न सक्ने क्षमता विकाश गर्ने उदेश्य सहित राखिएको यस तालिममा सुनवल प्याप्सन अन्तर्गतका संस्थागत विद्यालयमा  कक्षा १-३ सम्म अध्यापन गराउने  ७५ जना शिक्षक शिक्षाकाे सहभागीता रहेकाे थियाे ।


तालिम इकाई  केन्द्र धुलिखेलका तालिम प्रशिक्षक नवराज पाठक मुख्य प्रशिक्षक रहेकाे अभिमुखिकरण तालिममा  नेपाल सरकारकाे विधि अनुसार विद्यार्थीकाे मुल्यांकन गर्न सक्ने र आन्तरिक परिक्षाफल निकाल्न सक्ने क्षमतालाई प्रष्फुटन गराउने लक्ष्य लिएको छ ।



Ads