ताजा अपडेटः

सुनवल नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा

सुनवल नगरपालिकालाई देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा प्रकाशित मिति: २३ असार २०८०, शनिबार ०७:१६

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई  नगरतर्फ देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले  एक समारोहको बिच सुनवाल नगरपालिकालाई  नेपालको नगरतर्फ देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गर्नुभएकाे हाे  ।


पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गर्दै मन्त्री खनालले   सबै सूचकहरू पूरा गरी पूर्ण संस्थागत प्रसुति सेवा नगरपालिका घोषणा गर्न सफल भएकाेमा खुसि व्यक्त गर्दै पाएकाे सफलता टिकाउन चुनाैतिपूर्ण रहेकाे टिप्पणी गर्नुभयाे ।त्यसैले यसको दिगोपना र स्थायित्वकाे लागि नगरसरकार,स्वास्थकर्मि, स्वास्थ स्वयंसेवीका,सराेकारवार र नगरबासी एकजुट भई सचेत हुनु जरूरी रहेकाे उल्लेख गर्नुभयाे ।


मन्त्री खनालले घाेषणामुखि भन्दा परिणामखुसि कार्यले दिगाे विकास सम्भव रहकाे उल्लेख गर्दै स्थानिय सरकारका आवश्यक मागलाई प्रदेश सरकारले सदैब सम्बाेधन गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयाे ।
उहाँले पृथ्वीचन्द्र  जिल्ला अस्पतालहरूमा विषय विशेषज्ञ सहितका चिकित्सककाे व्यवस्थापन , प्रविधिमैत्री र दक्ष जनशक्ति उत्पादन ,  बिरामीहरूलाई स्वास्थ्य उपचारमा सहज र सुलभ तरिकाले स्वास्थ्य सेवाकाे पहुँच पुर्‍याउनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिएकाे समेत जानकारी गराउनुभयाे ।


त्यस्तै, कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभाषद बैजनाथ जैसवालले जिल्लामा अस्पताल भएपनि स्राेत साधन र दक्ष जनशक्तिकाे कमिले जिल्लाबासीहरू गुणस्तरीय स्वास्थसेवाकाे लागि अन्यत्र जिल्ला धाउनुपर्ने बाध्यता रहेकाे जिकिर गर्नुभयाे ।
त्यसका लागि प्रदेश सरकारकाे साथ र सहयाेग अपरिहार्य भएकाले त्यसप्रति लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालकाे ध्यानाकर्षण गराउनुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै प्रदेश सांसद खड्क बस्नेतले सुनवल नगरपालिका हरेक क्षेत्रमा अगाडि रहेकाेले स्वास्थकाे क्षेत्रमा मारेकाे यस फट्काेलाई सकारात्मक दृष्टिकाेणले हेरिएकाे बताउनुभयाे ।

उहाँले स्वास्थ्य क्षेत्र एक कठिन र सम्बेदनशिल विषय भएकाेले हल्ला रूपमा हेर्न नहुने बताउदै सानाे कमजोरीले ठुलो जाेखिम निम्तन सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयाे ।
उता पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले  स्वास्थ्यमा जनताकाे पहुच नपुग्दा सम्म सुधार सम्भव नहुने भन्दै महिला नगरप्रमुख पाएकाे सुनवल, महिलाकाे स्वास्थ क्षेत्रमा सम्बेदनशिल रहनेमा दुइमत नहुने विश्वास व्यक्त गर्नुभयाे ।
सुनवल नगरपालिकाकाे आयाेजना र इन्द्रेणी सामाजिक मन्च र फेयरमेड फाउन्डेसनको साझेदारी मा संचालित आधारभुत स्वास्थ्य परियोजनाको सहयोगमा कार्यक्रममा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषणा गर्न याेगदान गर्नुहुने १३ वटै वडाका स्वास्थ्यकर्मी,स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरीएकाे थियाे ।


नगरप्रमुख विमला अर्यालकाे अध्यक्षता रहेकाे र  सुनवल स्वास्थ्य शाखाका चुडामणि नेपालकाे संचालन रहेकाे कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष भगाैती यादव,नेपाली काग्रेसंका नगर उपसभापति रमेश कर्माचार्य ,जिल्ला स्वास्थ्य प्रमुख ओमप्रकाश पन्थी लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयाे ।



Ads