ताजा अपडेटः

कलाकार सारुक ताम्राकार मृत भेटिए

कलाकार सारुक ताम्राकार मृत भेटिए प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार ०८:५२

काठमाण्डाै । कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।



Ads