ताजा अपडेटः

पश्चिम नवलपरासीको सुनवलमा पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमूखीकरण कार्यक्रम  सम्पन्न

पश्चिम नवलपरासीको सुनवलमा पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमूखीकरण कार्यक्रम  सम्पन्न प्रकाशित मिति: २० असार २०८०, बुधबार २०:२५

कल्पना खरेल, नवलपरासी । वहुक्षेत्रिय पाेषण याेजना अन्तर्गत पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।
सुनवल नगरपालिकाकाे आयाेजना र नगरप्रमुख विमला अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पाेषणमैत्री नगरपालिका घाेषणा गर्न ७६ वटा सूचक पूरा गर्नुपर्ने भएकाले साेहि विषयमा गहन छलफल भएकाे थियाे ।
कार्यक्रम महिला बालबालिका र किशोरीहरूमा हुने कुपोषणलाई न्यूनीकरण गर्ने, पाेषणमैत्री नगरपालिका घाेषणा गर्ने,दिगाे विकासका लक्ष्य हासिल गर्ने जस्ता  महत्त्वपूर्ण सहयाेग पुग्ने उदेश्य सहित आयाेजना गरिएकाे हाे ।
पुरनदेवी चाैधरीकाे संचालन, बहुक्षेत्रिय पाेषण कार्यक्रमकाे नगर संयाेजक सिता भण्डारीकाे स्वागत र नगर प्रवक्ता कृष्ण प्रसाद वगालेकाे शुभकामना मन्तव्य रहेकाे कार्यक्रममा  वडा अध्यक्षहरू, कार्यपालिका सदस्य,शाखा प्रमुख, पाेषण समिति  सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads