ताजा अपडेटः

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको ज्यान गयो, एक जना घाइते

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको ज्यान गयो, एक जना घाइते प्रकाशित मिति: १९ असार २०८०, मंगलवार १२:२३

अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् ।
बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका-१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको ज्यान गएको हो ।
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको ज्यान गएको हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका उहाँले बताउनुभयो ।
पहिरोमा पुरिएर घाइते भएका अर्का १४ वर्षका बालक सचिन रास्कोटीेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका न्यौपानेले बताउनुभयो ।



Ads