ताजा अपडेटः

पश्चिम नवलपरासीको सुनवलमा न्यायिक समितिलाई अभिमुखिकरण गाेष्ठि सम्पन्न

पश्चिम नवलपरासीको सुनवलमा न्यायिक समितिलाई अभिमुखिकरण गाेष्ठि सम्पन्न प्रकाशित मिति: १७ असार २०८०, आईतवार २०:२७

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे सुनवलमा आज  न्यायिक समितिलाई गुनाराे निवारण संयन्त्रमा क्षमता विकास कार्यक्रम अन्तर्गत वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखिकरण गाेष्ठि सम्पन्न भएकाे छ ।
न्यायिक समितिका अध्यक्ष एवम् नगर उपप्रमुख सूर्यप्रसाद दुवेकाे अध्यक्षता तथा नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा अध्यक्ष ,कार्यपालिका सदस्य, न्यायिक समितिका सदस्य , १३ वटै वडाका मेलमिलाप सहजकर्ता र मेलमिलाप संयाेजक , कर्मचारी लगायतको  सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अर्यालले मेलमिलापकर्ताहरूकै कारण शुसासनकाे पक्षमा महत्वपूर्ण भूमिका खेल्न सकिएकाेले  नगरपालिकाले मेलमिलाप कर्ताहरूकाे गरिमालाई आत्मसात गर्दै अगाडि बढेकाे उल्लेख गर्नुभयाे । उहाँले २०६० सालमा मेलमिलापकाे तालिम लिएपछि सुनवल नगरपालिकाले सर्वाेच्च अदालतमा विचाराधिन रहेका थुप्रै  मुद्वालाई मेलमिलाप समितिकाे माध्यमबाट दुवै विवादिद पक्षहरूका अन्तर्निहित चाहानालाई बाहिर ल्याइ जित जितका माध्यमबाट विवादलाई  सााधान गरेकाे समेत जानकारी दिनुभयाे ।


साेहि क्रममा बाेल्दै सामुदाय मेलमिलापकर्ता समाजका नगर सचिव तथा जिल्ला सदस्य  ज्ञानचन्द्र यदवले न्यायिक समितिले आफुहरूलाई बेवास्ता गरी कुनैपनि काममा महत्वका साथ समावेश  नगराएको  भन्दै आपत्ति प्रकट गर्नुभएकाे थियाे ।


उहाँको गुनासाेलाई सम्बाेधन गर्द‌ै न्यायिक समितिका अध्यक्ष सूर्यप्रसाद दुवेले काम गर्ने दाैरानमा केही त्रुटि हुन गएमा त्यसलाई सच्चाउदै अगाडि बढ्न न्यायिक समिती कटिबद्ध रहेकाे प्रष्ट पार्नुभयाे । साथै उहाँले सुनवल नगरपालिका विगतका वर्षमा सम्मानित र पुरस्कृत भएकाे नगरपालिका भएकाे भन्दै ५५ वटा केश दर्ता भएकाेमा  ४३ वटा केशलाई समाधान गरेर पठाईएकाे र १२ केश निरूपण गर्ने चरणमा रहेकाे जानकारी दिनुभयाे ।


वन वतावरण विपद व्यवस्थापन शाखाका प्रमुख अधिकृत चक्रपाडि भण्डारीकाे संचालन रहेकाे कार्यक्रमकाे प्रशिक्षण  प्रदेश परियोजना व्यवस्थापन ईकाइका लैङ्गिक तथा सामाजिक सुरक्षा विज्ञ लिलाराज भण्डारीले गर्नुभएकाे थियाे ।



Ads