सुरेश यादव , नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राममा कृषि ज्ञान केन्द्र नवलपरासीको आयाेजनामा २०ओैं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सन्ताेष कुमार चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधि सधा सदस्य एवम् पुर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यता एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल र लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे विशिष्ट आतिथ्यतामा धान दिवस मनाईएकाे हाे ।
कार्यक्रममा किसानहरुले मल र उन्नत जातका बिउ विजन उपलब्ध नहुदा समस्या र उतपादनमा कमि भएकाे दु:ख पाेखेका थिए । साथै प्रमुख अतिथि प्रधानले आफु किसानहरुकाे समस्याकाे लागि सधै लागि पर्ने र साथ सहयाेग समेत दिने बताउनुभयाे । त्यस्तै विषेश अतिथि प्रदेश सांसद जयसवालले किसानहरु समस्या दिनानुदिन बढ्दै गएकाे बताउदै समस्याकाे समाधान गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले केहि पहल नगरि कृषि प्रधान देश नारा र नाममा मात्र सिमित राखी नेताहरुकाे कुर्सी र पद बाडफाडमा पैसा सिध्याएकाे टिप्पणी समेत गरेका थिए ।
कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्ताेष कुमार चाैधरीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रकुख भगवती यादव ( रुदल ) प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,नवलपरासी उधाेग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,रामग्राम नगरपालिका उपप्रमुख सम्झना चाैधरी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।