ताजा अपडेटः

सुनवल न.पा. वडा नम्बर १३ मा ७ सय १० अव्यवस्थित बसाेबासीहरूकाे  निस्सा वितरण गरीयाे

सुनवल न.पा. वडा नम्बर १३ मा ७ सय १० अव्यवस्थित बसाेबासीहरूकाे  निस्सा वितरण गरीयाे प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार २०:१०

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ का अव्यवस्थित बसाेबासीहरूकाे आज निस्सा वितरण गरिएको छ ।
नगरप्रमुख विमला अर्यालकाे अध्यक्षता,पूर्व गृहमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सांसद खड्क बस्नेतकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा ७ सय १० अव्यवस्थित बसाेबासीलाई निस्सा वितरण गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कण्डेलले २०३६ सालदेखिकाे अव्यवस्थित बसाेबासकाे समस्या झेल्दै आएका स्थानीयलाई लालपुर्जा दिलाउने केन्द्रीय,प्रदेश सरकार देखि स्थानीय सरकार सम्मकाे लक्ष्य रहेकाे बताउनुभयाे । त्यसकालागी  राजनितीक पृष्ठभूमि अलग-अलग भएपनि परिवर्तन र विकासका लागि आफ्नो साथ र समर्थन सदैब  निश्वार्थ रहने धारणा राख्नुभयाे ।


त्यस्तै प्रदेश सांसद बस्नेतले पटकपटक लालपुर्जा दिलाउन्छु भन्दै सहजिकरण गर्नेकाे घर बने, जंगा किने तर दशकाै वित्दापनि जनताले लालपुर्जा नपाउनु दुर्भाग्य रहेकाे बताउनुभयाे । त्यसैले याे अवसरलाई   झगडा नगरी  सहमति र समझदारी सगँ भूमि आयाेगलाई सहयाेग गर्न सुझाब दिदै सार्वजनिक जंगाहरू अतिक्रमण भए त्यसकाे विराेध गर्न पनि आग्रह गर्नुभयाे ।
उता राष्ट्रिय भूमि आयाेगका जिल्ला अध्यक्ष देवराज भण्डारीले पश्चिम नवलपरासीका जतिपनि भूमिहीन सुकुम्बासी र अव्यवस्थित समस्याहरू छन् त्यसकाे समाधान गर्ने लक्ष्य लिएर अगाडि बढेकाे  जानकारी गराउनुभयाे । उहाँले वडा नम्बर १३ मा ३० प्रतिशत नापीकाे काम सकिएकाे र बाकि  व्यक्तिगत नापिकाे काम मात्र बाकि रहेकाेले दशै भित्र लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । त्यसमा स्थानीयबासीलाई सहकार्य गर्न आग्रह गर्नुभयाे ।
यसैगरी उपप्रमुख सूर्यप्रसाद दुवेले पटकपटक  राजनितीक दलहरूले निर्वाचनका बेला प्रलाेभन देखाउने,आयाेग गठन भएपनि बास्तबिक भूमिहीन सुकुम्बासी समस्या समाधान हुन नसकेकाे भन्दै नगरसरकार कुनैपनि हालतमा समस्या समाधान गराएरै छाड्ने दृढ सङ्कल्पलिई अगाडि बढेकाे जिकिर गर्नुभयाे ।
उहाँले  भूमि आयाेगलाई स्राेत साधन, प्रविधिक र मेनपावरमा कत्तिपनि कमि हुन नदिने भन्दै आयाेगलाई परिणाममुखि नतिजा दिलाउन आग्रह गर्नुभयाे ।


त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आयाेगले जिल्लाभरीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित समस्या समाधान गर्नुपर्ने भएकाले मिले मेला नमिले झमेला भन्दै आयाेगलाई मिलेर सहयाेग गर्न सुझाब दिनुभयाे । अन्यथा पुर्जा वितरणमा समस्या हुने भन्दै स्थानीयकाे ध्यानाकर्षण पनि गराउनुभयाे ।
सुवदार चन्द्र गुरूङकाे संचालन र   भूमि साखा प्रमुख ( सुनवल नगरपालिका )गणेश न्याैपानेकाे स्वागत रहेकाे कार्यक्रममा
वडा नम्बर १३ का वडा अध्यक्ष तथा नगरप्रवक्ता कृष्णप्रसाद बगाले, पूर्व वडा अध्यक्ष कृष्णप्रसाद देवकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads