ताजा अपडेटः

आज २० ओै राष्ट्रिय धान दिवस / खेतमा काम गर्दै दहीचिउरा खाने प्रचलन

आज २० ओै राष्ट्रिय धान दिवस / खेतमा काम गर्दै दहीचिउरा खाने प्रचलन प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार ०६:३१

कल्पना खरेल,नवलपरासी । आज २० ओै राष्ट्रिय धान दिवस , ” जलवायु अनूकूलित कृषक मैत्री प्रविधि , धान उत्पादनमा वृद्धि ” भान्ने नारा सहित धान दिवस मनाईदै छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय भएको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको हाे ।

आज असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिन । किसानका लागि आजको दिन विशेष हुन्छ । देशभरका किसानले आज धान रोपेर यो दिवस बनाउँदै छन् । जसअन्तर्गत कृर्षि ज्ञान केन्द्र पश्चिम नवलपरासीले पनि आज परासीमा धान दिवस मनाइदै छ।
आजकाे दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।   धान दिवसका अवसरमा आज खेतमा काम गर्दै दहीचिउरा खाने प्रचलन पनि छ ।



Ads